तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरोबाट विस्थापित १सय २८ परिवारका लागि बने नयाँ घर 

बाजुरा । बाजुराको हिमाली गाउँपालिका  किउडी र फैत्ती गाउँका १ सय २८ बाढी पहिरो पीडित घरपरिवारका लागि नयाँ घर निर्माण कार्य सम्पन्न भएको छ।

गाउँपालिकाको वडा नम्बर ५ किउडीमा ९९ र वडा नम्बर ४ फैत्ती  गाउँमा २९ घर सहित १ सय २८  बाढी पहिरोबाट विस्थापित  परिवारलाई सरकार द्वारा नयाँ  घर निर्माण गरिएको हो ।

घर निर्माणसँगै उक्त क्षेत्र ‘नमुना बस्ती’का रुपमा स्थापित भएको छ। तीन ओटै तहका सरकारको संयुक्त  लगानी बाट विस्थापित परिवारको  नयाँ बस्ती निर्माण भएको हो।२०६८ सालमा आएको अविरल वर्षाले गाउँपालिकाका सबै वडाहरूमा ठूलो क्षति गरेको थियो । जमिन पहिरोका कारण थिलाथिला  भएपछि १सय २८ परिवार विस्थापित भएका थिए ।

विस्थापित परिवारको पुनर्स्थापना गर्न हिमाली गाउँपालिकाले एकीकृत नमुना बस्तीको अवधारणा अनुसार प्रदेश र संघ सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाएको थियो । संघ सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती निर्माण गरिएको हो ।हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार  पहिरो बाट विस्थापित भई ‘त्रिपाल मुनि बसिरहेका परिवारका लागि पहिलो आवश्यकता घर नै हो भनेर नयाँ  बस्ती बसालिएको हो।

बाढीपहिरोबाट विस्थापित परिवारहरू  सरकार द्वारा बस्ती स्थानान्तरण  सँगै नयाँ  घर निर्माण गरिएपछि निकै उत्साहित भएका छन् । 

सरकारको पहिलो किस्ताको रकमले घर निर्माण कार्य सम्पन्न भए  पनि बाँकी किस्ता रकम निकासा नहुँदा समस्या भएको स्थानीय वीर बहादुर  बुढाले बताउनुभयो । 

बाजुराका जगन्नाथ र हिमाली गाउँपालिका बाहेक अन्य पालिकामा भने बाढीपहिरो बाट विस्थापित परिवारका लागि पुनर्निर्माण हुन लागेका घर अलपत्र अवस्थामा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button