मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
मकवानपुर।मकवानपुरमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ वसन्तपुरमा बाघको आक्रमणबाट स्थानीय ७२ बर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आइतबार साँझ घाँस काट्न बारीको छेउमा गएकी रुम्बालाई बाघले आक्रमण गरेको थियो । घाँस काट्न गएकी कान्छीमाया लामो समयसम्म पनि नफर्केपछि खोज्न गएका आफ्न्तहरुले घरबाट करिब ५०० मिटर पर शरीरको विभिन्न भागमा चोट लागी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बाघको आक्रमणबाट टाउको र पेटमा केही भाग बाघले खाएको अवस्थामा शव भेटिएको मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । पर्सा वन्यजन्तु आरक्षसंग सिमना जोडिएको मनहरी गाउँपालिकामा वन्यजन्तुले पटक पटक दुख दिनेगरेको छ । जङ्गली हात्ती, गैडा बाघले अन्नबाली नाश गर्ने, घरपालुवा जनावर (गाईभैसी, बाख्र, राँगाहरू) खाने, घरमा भण्डारण गरिएको अन्नबाली र घर भत्काउनेलगायत मानवीय क्षति समेत गर्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्