३१ औँ राष्ट्रिय महिला कानुन व्यवसायी सम्मेलन सुरु
विराटनगर । नेपाल बार एसोसिएसनको आयोजनामा ३१औँ राष्ट्रिय महिला कानुन व्यवसायीहरूको सम्मेलन आजबाट विराटनगरमा सुरु भएको छ । दुई दिने सम्मेलनमा देशभरका एक हजारभन्दा बढी महिला कानुन व्यवसायी हरुको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना मल्ल प्रधानले कानुन व्यवसायमा महिलाहरूलाई टिकाई राख्न सर्वोच्च अदालतले रणनीतिक योजना तयार गरेको बताउनुभयो । महिला कानुन व्यवसायीहरूलाई पेसामा टिकाइराख्न उनीहरूको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने उहाँको भनाई थियो ।
सर्वोच्च अदालतका न्यायाधीश सांरगा सुवेदीले न्यायमा सबैको पहुँच पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
सम्मेलनमा ७७ वटै जिल्ला बार, उच्च बार र सर्वोच्च बारका महिला कानुन व्यवसायीहरूको सहभागिता रहेको छ ।
सम्मेलनमा महिलाको आर्थिक सशक्तीकरण, प्रजनन स्वास्थ्य अधिकार, सूचना प्रविधिमा पहुँच, र वातावरणीय परिवर्तनको प्रभाव जस्ता विषयमा बहस हुने जनाइएको छ ।
पुस १४ गतेसम्म सञ्चालन हुने सम्मेलनले विराटनगर घोषणापत्र समेत जारी गर्ने छ ।
प्रतिक्रिया राख्नुहोस्