तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच  बढाउन आवश्यक रहेको बताउनुभएको छ । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । नेपाल बीउ व्यवसायी सङ्घको २६ औ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्‍याउन  आवश्यक छ ,भन्नुभयो ।

मन्त्री अधिकारीले आम नागरिकको घर खेत सम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य संकट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप  बढी संवेदनशील हुन जरुरी रहेको  पनि बताउनुभयो  । उन्नत जातका बीउको प्रयोगले हाम्रो उत्पादकत्व बढाउन मात्र होइन, किसानको आयस्तरमा पनि उल्लेखनीय वृद्धि ल्याउन सक्छ र देशको खाद्य सुरक्षालाई सुनिश्चित गर्न सक्छ, उचित समयमा उपलब्ध हुने गुणस्तरीय बीउ बिजनले कृषिको उत्पादन १५ देखि २० प्रतिशत बढाउने तथ्य विश्वव्यापीरुपमा स्थापित रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले बीउ विजनका कारण कृषकको आर्थिक हानी हुने अवस्थामा कृषकलाई क्षतिपूर्ति प्रदान गर्न राज्य निर्मम हुने समेत उल्लेख गर्नुभयो ।

मन्त्री अधिकारीले  गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँच बढाउन सरकारले कानूनी, संरचनागत तथा संस्थागत प्रबन्धहरू विगत देखि नै गर्दै आइरहेको भन्दै  बीउ बिजन ऐन, २०४५ तथा बीउ बिजन नियमावली, २०८१ मा भएका नयाँ व्यवस्थाहरू निजी क्षेत्र मैत्री रहेको पनि बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button