तपाईँ सुन्दै हुनुहुन्छः

खप्तडमा यसवर्ष दोस्रो पटक हिमपात

डाेटी ।सोमबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा दोस्रोपटक हिमपात सुरु भएको छ ।

यस वर्ष छिट्टै दाेस्राेपटक हिमपात भएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा करिब १ फिट हिउँ जमेको छ । हिउँ पर्न सुरूभएपछि चिसोका कारण जनजीवन प्रभावित भएको कार्यालयका कर्मचारीको भनाइ छ ।

यस वर्ष खप्तड राष्ट्रिय निकुञ्ज लगायत डोटीमा गत मङ्सिर २४ गते पहिलो पटक हिमपात सुरु भएको थियो । यसरी बेलाबखतमा हिमपात भइरहेकाले किसान हिउँदे बाली सप्रिने आशाले खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button