तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त पाँच राजदूतद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त पाँच जना राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। 

शपथ ग्रहण  गर्नेहरूमा रुसी महासङ्घका लागी जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका लागी चन्द्रकुमार घिमिरे ,स्पेनका लागी शनिल नेपाल, गणतन्त्र कोरियाका लागी डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका लागी डा.शङ्कर प्रसाद शर्माले सपथ लिनुभएको हो । । उक्त शपथ ग्रहण अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button