तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटमा दुई पुलको शिलान्यास 

नुवाकोट। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री ई.अमनकुमार मास्केले नुवाकोटमा दुई वटा पुलको शिलान्यास गर्नुभएको छ । 

नुवाकोटको बेलकोटगढी, लिखु र ककनी गाउँपालिकाको संगम स्थल समेत रहेको सुपारी खोल्ची बेलकोटगढीमा मोटोरेबल पुल र कटरबोटे सिन्धुरे खोला जोड्ने सडक पुलको एकैपल्ट शिलान्यास भएको हो । 

पूर्वाधार विकास कार्यालय नुवाकोटद्वारा निमार्ण हुने कटरबोटे सिन्धुरे खोला पुल २०८२ असोज १९ गते निमार्ण सम्पन्न हुने लक्ष्यसहित ५, करोड ८६ लाख, २३ हजार ८१८ रुपैयाँ लागतमा  निर्माण हुने जनाइएको छ । पुलको लम्बाई २५.६ मिटर लम्बाई र ८.४ मिटर चौडाई हुनेछ ।  

त्यस्तै, २०८२ असोज २० गते सम्पन्न गरिने लक्ष्य राखिएको सुपारी खोल्ची बेलकोटगढी मोटोरेवल पुल ८ करोड ४६ लाख ४२हजार ४७४ रुपैयाँ लागतमा निमार्ण हुने   छ । यो पुलको लम्बाई ४१.४ मिटर एवं चौडाई ८.४ मिटर हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ ।

पुल शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री ई.मास्केले पर्यटकीय महत्व एवं कृषि क्षेत्रको हब रहेको सो स्थानमा सडक निर्माणमा प्राथमिकता दिने बताउनुभयो।

उहाँले अधुरै रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सात रणनीतिक महत्वका सडक एवं पुलको स्तरोन्नति गर्दै समृद्धि र विकासको संवाहक सडकलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय जनताको विकाशको अनुभूति हुने गरि काम गरिरहेको उल्लेख गर्नुहुँदै मन्त्री ई. मास्केले नुवाकोटमा मुख्यमन्त्रीसँगको समन्वयमा आवश्यकता र औचित्यताका आधारमा बजेट विनियोजन भई विभिन्न पूर्वाधारको काम भइरहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button