विद्यार्थीद्वारा आत्महत्या
मुगु । गमगढी स्थित छायाँनाथरारा नगरपालिका वडा नं १ मा एकजना १५ वर्षीय बालकले झुन्डिएर आत्महत्या गरेका छन् ।
छायाँनाथरारा नगरपालिका वडा नं २ तलितुम घर भएका अर्जुन तिरुवाका १५ वर्षीय छोरा सागर तिरुवाले गमगढी स्थित आफन्तको घरमा बिहीबार साँझ झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बालक सदरमुकामकै श्री महाकाली नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ ।
आत्महत्याको कारण थाह हुन नसकेको र यस घटनाबारे आवश्यक अनुसन्धान भइरहेको मुगुका प्रहरी नायब उपरिक्षक शरद गिरीले बताउनुभयो । मृतक बालक अध्ययनको सिलसिलामा गमगढी स्थित आफन्तको घरमा बस्दै आएमा थिए । पछिल्ला समयमा बालबालिकाहरूले आत्महत्या गर्ने क्रम बढेकाले यस सम्बन्धमा सर्वत्र चिन्ता ब्यक्त गरिएको छ ।
बालबालिकाहरूको मनोसामाजिक परामर्शका माध्यमबाट घटनाहरू न्यूनीकरणमा जोड दिनु पर्ने धारणा आम जनताहरूको रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्