धनुषामा दुई पुरुषको शव फेला, अनुसन्धान जारी

जनकपुरधाम । धनुषामा दुई जनाको हत्या भएको अवस्थामा शव फेलाको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा न-२ पुरन्दाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोराभित्र राखिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
सडे गलेको अवस्थामा अन्दाजी वर्ष ३०–३१ को युवकको शव फेला परेको धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनुभएको छ ।
यसै गरि जनकपुरधाम उपमहानगरपालिका वडा न-४ दुर्गा मन्दिर क्षेत्रमा वर्ष ६० को पुरुषको शव आज बिहान फेला परेको छ । टाउकोमा चोट लागेको सो पुरुषलाई कसैले हत्या गरेर फालेको हुन सक्ने आशङ्का प्रहरीले गरेको छ ।
दुवै घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर सहितको टोली परिचालन गरी अनुसन्धान गर्ने काम प्रहरीले अगाडी बढाउनुका साथै शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
धनुषाको पुरन्दाहाको शव विषयमा हिजो दिउँसो ३ बजे तीर स्थानीयले बोरामा शव रहेको जानकारी गराएका थिए । मृतक युवकको परिचय खुलेको छैन । युवाको अगाडी वाट घाँटी रेटेर काँटेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवै जनाको हत्या भएको आशङ्का गरेको छ । घटनाको अनुसन्धान प्रहरीले सूक्ष्म तरिकाले अगाडी बढाउनुका साथै स्थानीय वासीहरूसँग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । हालसम्म दुवै शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्