सरकारका कमजोरीलाई स्वास्थ्य खबरदारी गर्नुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारलाई कमजोरीलाई स्वस्थ हिसाबले खबरदारी गर्न आग्रह गर्नुभएको छ ।
नव निर्वाचित नेपाल पत्रकार महासङ्घको कर्णाली प्रदेश तथा जिल्ला नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै मुख्यमन्त्री कँडेलले मिडियाले गर्ने रचनात्मक आलोचनालाई सरकारले सहर्ष ग्रहण गर्ने बताउनुभएको छ ।
मिडियाबाट हुने स्वस्थ आलोचनाले सरकारलाई सही गन्तव्य पुग्न सहज हुने र सरकार सही दिसा हिँड्ने मुख्यमन्त्री कँडेलको धारणा थियो । प्रेस सधैँ रचनात्मक प्रतिपक्षको भूमिकामा रहने भएकोले सरकारका कमजोरीलाई खबरदारी गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूको रचनात्मक र स्वस्थ खबरदारीले सरकारलाई सहयोग नै पुग्छ।” मिडियाबाट सकारात्मक मात्रै अपेक्षा राख्नु स्वाभाविकै भएपनि मिडियाबाट आफूले सरकारलाई जिम्मेवार र जबाफदेही बनाउन सकारात्मक मात्रै नभएर तथ्यसहितको रचनात्मक भूमिकाको अपेक्षा राखेको पनि मुख्यमन्त्री कँडेलले सो अवसरमा जानकारी दिनुभयो । मिडियाले प्रश्न उठाउनासाथ त्यसलाई विरोधको रुपम बुझ्न नहुने पनि मुख्यमन्त्री कँडेलको धारणा थियो ।
सरकारका कमीकमजोरीहरू र ध्यान नदिएका विषयहरूमा मिडियाको स्वास्थ्य र रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुने बताउँदै मुख्यमन्त्री कँडेलले मिडियाको खबरदारीले थप सरकार प्रभावकारी बन्ने बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले भन्नुभयो “तपाईँहरूको रचनात्मक खबरदारी सरकारको लागि मार्गदर्शन हुन्छ, टिप्पणी आयो भनेर सरकारले अन्यथा मान्दैन र लिँदैन । ” कार्यक्रममा मुख्यमन्त्री कँडेलले आम सञ्चार बिधयेक काम अगाडी बढाइएकोले त्यसमा महासङ्घको तर्फबाट सुझाव दिन समेत पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
सञ्चार क्षेत्रको विकास र प्रर्बद्धनमा प्रदेश सरकारले आफ्नो क्षमता अनुसारका लोक कल्याणकारी विज्ञापन, पत्रकारको स्वास्थ्य तथा उपकरण बीमा र पत्रकारको क्षमता अभिवृद्धि जस्ता कार्यक्रम ल्याएको र त्यसलाई प्रभावकारी सञ्चालनको लागि महासङ्घले सहजीकरण गर्न मुख्यमन्त्री कँडेलले सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्