महिलालाई अघि बढ्न कसैले पनि रोक्न सक्दैन: मन्त्री सुडी

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नबल किशोर साह सुडीले २१ औँ शताब्दी महिलाको शताब्दी भएकाले उनीहरुलाई अगाडि बढ्न कसैले पनि रोक्न नसक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री सुडीले सभ्य र समतामुलक समाज निर्माणका लागि सरकारले काम गरिरहेको जानकारी गराउनुभयो ।

आदिवासी जनजातिको ज्ञान र सिपलाई सरकारले संरक्षण गर्ने नीति लिएको जानकारी दिनुहुँदै मन्त्री सुडीले सरकारले अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रतिबद्धता जसरी पनि पूरा गर्ने बताउनुभयो ।
आदिवासी महिला तथा किशोरीहरूको अधिकारका लागि सिफारिस नम्बर ३९ का सम्बन्धमा छलफल गर्दै सांसदहरुले महिला, जनजाति, दलित तथा मधेसीभित्र पनि पहुँचबाहिर रहेका महिलालाई राज्यले विशेष प्राथमिकता दिएर कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो ।

महिला र जनजातिका नाममा पहुँचवालाहरूले मात्रै अवसरहरू लिने गरेको वास्तविकतालाई उजागर गर्न समावेशीभित्र पनि विविधतालाई समेट्नुपर्ने सांसदहरूको विचार थियो ।








प्रतिक्रिया राख्नुहोस्