तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल: जनकपुर विरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्दै 

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रिकेट मैदानमा कर्णालीविरुद्ध जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । 

फाइनल प्रवेशका लागि यो खेल निकै महत्वपूर्ण छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि पाएको यो दोस्रो अवसर हो ।

सुदूरपश्चिमले फाइनलमा स्थान बनाइसकेको छ । यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

यस खेलको विजेताले शनिबार फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ । पराजित टोली तेस्रो बन्दै बाहिरिनेछ । यसअघि लिग चरणको खेलमा कर्णाली जनकपुरसँग आठ विकेटले पराजित भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button