तपाईँ सुन्दै हुनुहुन्छः

कर्मचारीको आन्दोलनले शिक्षण अस्पतालमा ओपिडी सेवा बन्द

नेपालगन्ज  । तलब वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरूले आज ओपिडी सेवा बन्द गरेका छन् ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका उनीहरूले आज ओपिडी सेवा बन्द गरेका हुन् ।

आज र भोलि दिउँसो १ बजेदेखि आधा दिन ओपिडी र शैक्षिक कार्यक्रमहरू पनि बन्द गरिएको आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीले जानकारी दिनुभयो । कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए ।

कर्मचारीले उठाएका उक्त मागहरू पूरा गर्ने सवालमा अस्पताल प्रशासन सकारात्मक नदेखिएपछि मङ्सिर २६ गतेबाट कर्मचारीहरू चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । मेडिकल कलेजका कर्मचारी आन्दोलित हुँदा अस्पतालको सेवा प्रवाहमा असर पर्न थालेको छ ।

Oplus_131072

नेपालगन्ज मेडिकल कलेजका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्मा संस्था घाटामा चलिरहेकाले अहिले नै कर्मचारीको तलब वृद्धि गर्ने माग पूरा गर्न सकिने अवस्था नरहेको बताउनुभयो । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button