एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रमा नकारात्मक असर नपर्ने गरी विकास पूर्वाधार योजना बनाउने
काठमाडौँ I राष्ट्रिय योजना आयोगले एक क्षेत्रको विकास गर्दा अर्को क्षेत्रमा नकारात्मक असर नपर्ने गरी विकास पूर्वाधार योजना बनाउने नीति लिएको जनाएको छ ।
राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याबारे छलफल गर्न बसेको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर शिवराज अधिकारीले सडक निर्माण गर्दा बनलाई, विद्युत् विस्तार गर्दा खानेपानीलाई असर पुर्याउँदा विकासले गति लिन नसकेको विगतबाट पाठ सिकेर अब योजना तर्जुमा गर्दा सबै निकायसँग समन्वय गरिने बताउनुभयो ।
सडक निर्माण गरिँदा निकुञ्ज क्षेत्रका वनजंगल वाधक हुने गरेको बताउँदै उपाध्यक्ष अधिकारीले रुख कटान गरेर पनि विक्री ऐन नहुँदा समस्या हुने गरेको बताउनुभयो ।
बैठकमा सांसदहरु कृष्णप्रसाद अधिकारी, मदनकुमारी शाह, रेणु चन्द र गोमादेवी कोइरालालगायतले वन ऐन संशोधन गर्नुपर्ने, सरकारले खरिद ऐनजस्तै प्रभावशाली विक्री ऐन बनाउन विधेयक ल्याउनुपर्ने र वन क्षेत्रको पहिचान गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
बैठकमा सडक निर्माण गर्दा हालको वन ऐन आकर्षित भएर निर्माणमा बाधा पर्ने गरेको भन्दै सांसदहरुले तत्काल वन ऐन संशोधन गर्न पनि सुझाव दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्