फालगुनन्द गोल्डकपको ११ औँ संस्करण पौष ६ बाट
पाँचथर । पाँचथरको फिदिममा फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करण आगामी पौष ६ देखी १५ गते सम्म हुने भएको छ ।
फिदिम स्पोर्टिङ क्लवको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद १० लाख ५ सय ५५ रुपैँया र उप विजेताले ५ लाख ५ सय ५५ रुपैँया पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशी जिल्लाकै सर्वाधिक हो ।
गोल्डकपमा ए डिभिजनका ४ वटा क्लव सहित १० टिम सहभागी हुनेछन् । चर्च व्वाइज युनाइटेड, न्युरोड क्लव ( एनआरटी)काठमाण्डौ, मछिन्द्र क्लव काठमाण्डौ, त्रिभुवन आर्मी क्लव काठमाण्डौ, चित्लाङ क्लव काठमाण्डौ, विराटनगर सिटी फुटवल क्लव, सहलेस युवा क्लव सिराहा, न्यु स्टार क्लव सुनसरी, झापा एघार फुटबल क्लव र आयोजक फिदिम स्पोर्टिङ क्लव गोल्डकपमा सहभागी हुने आयोजकले जनाएको छ ।
जिल्लाको खेलकुदको गतिविधिलाई चलायमान बनाउन, आर्थिक गतिविधि बढाउन, पर्यटन प्रवर्धन गर्न तथा साँस्कृतिक पहिचान बढाउन फुटबल प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लवका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगिताको १० औँ संस्करण २०७५ सालमा भएपछी खेलमैदानको मर्मत सम्भार र कोरोनाको कारण स्थगित भएको थियो । आयोजक क्लवले विगत २०४४ साल देखी तत्कालिन राजा विरेन्द्रको जन्मोत्सवमा फिदिममा युवा मेलाको अवसर पारेर गोल्डकपको आयोजना गर्दै आएकोमा २०६५ बाट फाल्गुनन्द गोल्डकपको सुरुवात गरेको थियो । प्रतिायेगितालाई निरन्तरता दिइने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया राख्नुहोस्