पत्रकार महासङ्घ बैतडी शाखाको अध्यक्षमा बडु निर्वाचित

बैतडी । नेपाल पत्रकार महासङ्घ बैतडी शाखाको अध्यक्षमा नेपाल टेलिभिजन कर्मी नरी दत्त बडु निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको निर्वाचनमा प्रेस युनियन र प्रेस चौतारी नेपालका साँझा उम्मेदवार लोकेश साउदले ६ मत प्राप्त गर्दा बडुले ३९ मत प्राप्त गर्नु भएको थियो ।
कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रेस सेन्टर नेपालका करुणाकर भट्ट विजयी हुनुभयो । प्रेस चौतारी र प्रेस युनियनका साँझा उम्मेदवार कृष्ण बहादुर विष्टलाई ४ मतले पराजित गरेर भट्ट विजयी हुनुभएको हाे ।
नेपाल पत्रकार महासङ्घ बैतडीको ८ औँ अधिवेशनमा अध्यक्ष र कोषाध्यक्ष बाहेक सबै निर्विरोध निर्वाचित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्