तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाईमा आयोजित बृहत् कृषि प्रदर्शनी सम्पन्न 

डेढ लाख बढीले गरे अवलोकन, १० करोड बढीको कारोबार

वीरगंज । बाराको बरियापुरमा  लागेको गढीमाई मेलामा कनेक्ट किसानले आयोजना गरेको बृहत् कृषि प्रदर्शनी सम्पन्न भएको छ । 

उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गत मङ्सिर १८ गते उद्घाटन गर्नुभएको कृषि प्रदर्शनीको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले समापन गर्नु भएको छ ।समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख यादवले गढीमाई मेलामा पहिलो पटक फरक खाले प्रदर्शनी आयोजना गर्न सफल भएकोमा कनेक्टकिसानलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रदर्शनीका कारण कृषकहरूले नयाँ विषयवस्तु बुझ्ने र अवलोकन गर्ने अवसर पाउनुका साथै स्थानीय उत्पादनको प्रचार प्रसारमा पनि सहयोग पुगेको उहाँले बताउनुभयो ।

देशका विभिन्न पालिकाहरूको स्थानीय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन, सातै प्रदेशको सात फरक परिकार,कृषिमा आधुनिक प्रविधि,नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्र्याक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्य आवश्यक उपकरणहरू प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा करिब डेढ लाखले अवलोकन भ्रमण गरेको र प्रदर्शनीमा १० करोड बढीको प्रत्यक्ष तथा बुकिङ कारोबार भएको कनेक्ट किसानका अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिनुभयो । कृषि सम्बन्धि हेभि ईक्वीपमेन्ट, ट्र्याक्टर तथा अन्य उपकरणको बढी बुकिङ भएको अध्यक्ष लामिछानेले बताउनुभयो । 

प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञहरूसँगको प्रत्यक्ष कुराकानी र रोबोटसँगको कुराकानी विशेष आकर्षणको रुपमा रहेको थियो । कृषि सम्बन्धि नेपाल सरकारका विभिन्न निकायहरूको सहभागिता रहेको प्रदर्शनीमा निजी क्षेत्रको समेत गरी विभिन्न १ सय १० वटा स्टलहरू राखिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button