पाटेबाघको बच्चा मृत फेला
टीकापुर, कैलाली । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मरेको अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ । मृतक बाघ १३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाई, घाँटीको गोलाई ३० सेन्टिमिटर रहको छ । उमेर ६ महिना जतिको हुन सक्ने सव डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिनु भयो ।
मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोष्मार्टमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताउनु भयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको बासस्थान हो । पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ । स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए ।
स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सव डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्