तपाईँ सुन्दै हुनुहुन्छः

भ्रष्टाचार नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री लामा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणका लागि सबै निकाय र पक्षहरूको एकीकृत प्रयास महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सोमबार हेटौँडामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा आयोजित अन्तर्क्रियामा उनले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ र प्रविधिमैत्री विधि विकास गर्न आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री लामाले राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र आम नागरिकको सम्पत्ति पहिचान गर्नुपर्ने र केवल ऐन कानुन ल्याएर मात्र भ्रष्टाचार नियन्त्रण हुन नसक्ने बताउनुभयो।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भ्रष्टाचार विकास र समृद्धिको प्रमुख बाधक रहेको बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यालय प्रमुख उमाकान्त आचार्यले शासकीय संरचनामा सुधार र सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउँदा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button