प्रधानमन्त्रीबाट मानव सेवा आश्रमको भवन उद्घाटन
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका ४, आमडाँडीस्थित मानव सेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानव सेवा स्मारकको भवन शिलान्यास गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गर्नुभएको हो । कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री ओलीले सो आश्रमको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलव र प्रथम महिला शाक्यले दुई महिनाको पेन्सन रकम दिने घोषणा गर्नुभयो । प्रधानमन्त्री ओलीको घोषणापछि अन्य अतिथि र जनप्रतिनिधिले पनि सहयोगको घोषणा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्