तपाईँ सुन्दै हुनुहुन्छः

सूचना लुकाउने प्रवृत्तिमा कमी आएन : प्रमुख आयुक्त गुरुङ 

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सार्वजनिक निकाय तथा संघसस्थाहरुले सूचना लुकाउने प्रवृत्तिमा कमी नआएको बताउनुभएको छ ।

प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या र चुनौतीका सम्बन्धमा भएको छलफलमा आयुक्त गुरुङले सूचनाको संरक्षण तथा सूचनाको हकलाई मूलप्रवाहीकरण गर्न चुनौती रहेको बताउनुभएको हो ।   

बैठकमा आयुक्त गुरुङले पिछडिएका वर्ग,समुदायका नागरिकसम्म सूचनाको हक सम्बन्धी पर्याप्त जानकारी पुग्न नसकेको उल्लेख गर्नुहुँदै सूचनामा सबैको पहुँच वृद्धिका लागि सरोकारवाला सबैको सहयोग समन्वय आवश्यक रहेको बताउनुभयो । 

बैठकमा सांसदहरुले सूचनाको हकको प्रयोग अपेक्षाकृत रुपमा राम्रो नभएको भन्दै यस सम्बन्धी सचेतना अभिवृद्धिका लागि स्थानीय, प्रदेश सरकारसँगको सहकार्यमा कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिनुभयो ।

सांसदहरुले भ्रमपूर्ण सूचना प्रचारको नियन्त्रण गरी सही, विश्वसनीय सूचनाको लिने र दिने कार्यमा आयोगको भूमिका अझ प्रभावकारी बनाउन पनि सुझाव राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button