तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा माओवादी केन्द्रका झाँक्री विजयी

ठूलीभेरी (डोल्पा) ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नरबहादुर झाँक्री विजयी हुनुभएको छ । 

आइतबार भएको निर्वाचनमा उहाँ एक सय ६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको हो । 

विजयी झाँक्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर रोकाले एक सय १६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गर्नुभयो । 

विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण २०८० माघमा निधन भएको थियो । त्यतिबेला उहाँले माओवादी केन्द्रका जङ्गबहादुर रोकायलाई पराजित गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button