कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेमकिपाका खड्गराज शाही निर्वाचित

सुर्खेत । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडा अध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्गराज शाही निर्वाचित हुनुभएको छ ।
उहाँ १४३ मत ल्याएर वडाध्यक्षमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नैसोभा शाहीले ११५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै नेकपा एमालेका ऐन बहादुर शाहीले ७८ मत, नेपाली काँग्रेसका पैल बहादुर शाहीले ४९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगन बहादुर शाहीले १७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले ५ मत प्राप्त गर्नुभयो ।
कूल ६ सय नौ मतदाता मध्ये निर्वाचनमा चार सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । दुई सय १७ महिला र एक सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो ।
विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्