हुम्लाको सर्केगाडमा उपाध्यक्ष पदका लागि ६६ प्रतिशत मतदान
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको मतदानमा ६८ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्मा ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताउनु भएको छ ।
उहाँका अनुसार गाउँपालिका भरी जम्मा १३ वटा मतदान केन्द्र गरी ६ हजार ८ सय १० मतदाता मध्ये ४ हजार ५ सय २४ मतदाताको मत नखसेको बताउनु भएको छ ।
सर्केगाड गाउँपालिका वडा नम्बर १ मा ३ वटा मतदान केन्द्र रहेका छन् जसमा सरस्वती मावि जैरको क र ख मतदान केन्द्रमा १ हजार ९१ मतदाता रहेकोमा जम्मा ५ सय ९७ मत मात्र खसेको छ जसमा ४ सय ९४ मतदाता मत हाल्न नआएको बताउनु भएको छ । वडा नम्बर १ कै तुम्चमा रहेको देवल आधारभूत विद्यालय मतदान केन्द्रमा रहेका २ सय ३५ मतदाता मध्ये १ सय ७२ मत मात्रै खेसेको छ र ६३ मत खसेको छैन ।
वडा नम्बर २ को लालीगुराँस मावि लिम्ने मतदान केन्द्रमा रहेका ७ सय ७५ जना मतदाता मध्ये ५ सय १५ मात्रै मत खसेको छ उक्त केन्द्रमा २ सय ६० मत नखसेको हो । सोही वडा कै देबकोटा आधारभूत विद्यालय केन्द्रमा रहेका ६ सय ९१ मतदाता मध्ये ४ सय ४८ मात्रै मत खसेको छ भने २ सय ४३ मत खस्न सकेको छैन ।
सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको वडा नम्बर ४ को हिमज्याती माध्यमिक विद्यालय केन्द्रमा ७ सय ९४ मतदाता मध्ये ५ सय ३७ मात्रै मत खसेको छ भने २ सय ५७ नखेको छैन ।यस्तै वडा नम्बर ५ को धुमचुली आधारभूत विद्यालय मतदान स्थलमा २ सय ९ मतदाता मध्ये जम्मा १ सय ४२ मात्र खसेको छ भने ६७ मत नखसेको हो । सोही वडाकै भवानी आधारभूत विद्यालय गोठी मतदान स्थलमा भएका ४ सय ६४ जना मतदाता मध्ये २ सय ८४ मत मात्रै खसेको छ भने १ सय ८० मत नखसेको बताउनु भएको छ ।
वडा नम्बर ६ मा रहेको ईश्वर आधारभूत विद्यालय केन्द्रमा ३ सय २० मतदाता मध्ये २ सय ५० मत मात्रै खसेको छ । त्यहाँ पनि ७० मत खसेको छैन सोही वडाकै स्वयम्भु आधारभूत विद्यालय मतदान स्थलमा रहेका ५ सय ५ मतदाता मध्ये ३ सय ५२ ले मात्र मत खसलेका छन् भने १ सय ५३ मतदाताले मत खसाएका छैनन् ।
अर्को नेकपा एमालेबाट उम्मेदवार जाना शाही रहेको मतदान केन्द्रमा ९ सय १४ मतदाता रहेका छन् उक्त मतदान केन्द्रमा जम्मा ६ सय ५१ मत मात्रै खसेको छ भने बाँकी २ सय ६३ मत नखेको हो । नेपाली काँग्रेसबाट उम्मेदवार रहेका सबिता बुढा र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेकी देबकी तिमल्सीना भएको अंशुवर्मा आधारभूत विद्यालय मतदानकेन्द्रमा जम्मा ५ सय २८ मतदाता रहेकोमा जम्मा ३ सय ७२ मत खसेको छ भने त्यहाँ पनि १ सय ५६ मत खसेन ।
सोही वडाकै निल्कण्ठ प्राथमिक विद्यालय आधारभूत विद्यालय मतदान केन्द्रमा रहेको २ सय ८४ मतदाता मध्ये २ सय ४ मत खसेको हो भन ८० मत नखसेको बताउनु भएको छ । जसमा महिला २ हजार १ सय ९५ रहेका छन् भने २ हजार ३ सय २८ जना पुरुषको रहेको छ गाउँपालिका भरी जम्मा २ हजार २ सय ८६ मत नखसेको हो । समग्रमा सर्केगाड गाउँपालिकामा ६८ प्रतिशत मत खसेको र सबै ठाउँमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न भएको बताउनु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्