उदयपुरमा मतदान सम्पन्न, आजै मत गणना गरिने

उदयपुर । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आज उदयपुरको बेलका नगरपालिका –९ र त्रियुगा नगरपालिका– १२ मा मतदान सम्पन्न भएको छ ।
बिहान ७ः०० बजे सुरु भएको मतदान साँझ ५ः००) बजेसम्म भयरहित तरिकाले निर्वाचन सम्पन्न भएको उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उदयपुरको बेलका नगरपालिका –९ मा कुल ३ हजार १३६ मतदाता रहेकोमा १८ सय ८५ (६०.६३ प्रतिशत) मत खसेको छ भने त्रियुगा नगरपालिका– १२ मा कुल ३ हजार ८४७ मतदाता रहेकोमा २५ सय २७ मत (६५.६९ प्रतिशत) खसेको छ ।
उपनिर्वाचन सम्पन्न भएसँगै अहिले केहीबेर पश्चात् सर्वदलीय बैठक बसी आजै मत गणनाको कार्य सुरु गरिने जिल्लास्थित निर्वाचन कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्