तपाईँ सुन्दै हुनुहुन्छः

स्वामीकार्तिक खापर गाउँपालिकामा आज नै मतगणना गर्ने तयारी 

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा आज रातिदेखि नै मतगणना गर्ने तयारी गरिएको छ । 

निर्वाचन आयोगले गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतदानको आज नै मतगणना थाल्ने तयारी गरिएको जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोख्रेलका अनुसार मतदान सम्पन्न भएसँगै तत्कालै गाउँपालिका कार्यालयको हलमा मतपेटिका सङ्कलन गरेर राखिने छन् ।भने सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि तत्कालै मतगणना गरिने छ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि नेपाली काँग्रेसकी पुल्तीसरा शाही, एमालेकी सुलोचना भण्डारी बुढा र एकीकृत समाजवादीकी जवा शाही चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

२०७९ को स्थानीय तह निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित  काँग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा आज उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button