तपाईँ सुन्दै हुनुहुन्छः

शिवको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ सार्वजनिक

काठमाडौँ I गायक शिव परियारको आवाजमा ‘तिमीलाई अझै धर्म लाग्छ’ बोलकोको गीत सार्वजनिक भएको छ । 

जी.  एम.  दिपु दिपेन्द्र युटुव च्यानलमा रिलिज गरिएको गीतमा नायिका आश्मा गिरि र मोडल अनुप जंग थापा (विचित्र) को अभिनय रहेको छ । प्रेमी बीच माया प्रेम र शंकाले जीवनमा पार्ने उतार चढावलाई समेटेर बनाइएको गीत निकै नै मर्मस्पर्शी रहेको छ।

त्रिसा केसीको निर्देशनमा बनेको गीतमा जी. एम. दिपु दिपेन्द्रको शब्द, राजकुमार बगरको सङ्गीत तथा मिक्सिङ्ग र मास्टरिङ्ग,  मुकुश हुमागाईँ र टिमको छायाङ्कन, मिन रावलको सम्पादन तथा कलरिङ्ग रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button