तपाईँ सुन्दै हुनुहुन्छः

नलगाडमा ९ हजार ५ सय ७३ र कुशेमा १७ हजार ७ सय ५१ मत खस्यो

जाजरकोट I जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख र कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि भइरहेको  उपनिर्वाचनको मतदानमा २ बजेसम्म  ९ हजार ५ सय ७३ मत  खसेको छ । 

बिहान ७ बजे देखि शान्तिपूर्ण रुपमा भइरहेको मतदानमा नलगाड नगरपालिकाको २४ ओटै मतदान केन्द्रमा ८ हजार ६ सय ९६ मत खसेको  मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी कुशे गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा ८ सय ७७ मत खसेको छ । नलगाड नगरपालिका र कुशे गाउँपालिकामा १७ हजार ७ सय ५१ मतदाता रहेका छन् । 

नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि ६ जनाको उम्मेदवारी परेको छ भने कुशे गाउँपालिकाको वडा नं ७ को वडा अध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button