तपाईँ सुन्दै हुनुहुन्छः

स्वामिकार्तिक खापर उपनिर्वाचन ४१ प्रतिशत मत खस्यो

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि जारी मतदानमा ४१ प्रतिशत मत खसेको छ। आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा २ बजे सम्म १ हजार ५ सय ४४ पुरुष र १ हजार ५ सय १६ महिला गरी जम्मा ३ हजार ६० मत खसेका मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिनुभयो। 

५ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र रहेको स्वामिकार्तिकमा मतदान  प्रक्रिया सहज र शान्तिपूर्ण रुपमा चलिरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायाले बताउनुभयो।

काङ्ग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको ०८० माघ ४ मा मृत्यु भएपछि स्वामिकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचनका लागि मतदान भइरहेको हो । गाउँपालिकाको उपाध्यक्ष पदका लागि   काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना बुढा र एकिकृत समाजवादी बाट जवा शाही चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

स्वामिकार्तिक खापर गाउँपालिकामा जम्मा मतदाता सङ्ख्या ७हजार ४सय ५८ रहेको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button