गुल्मीको मुसिकोटमा २८.३५ प्रतिशत मत खस्यो
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म २८.३५ प्रतिशत मत खसेको छ । वडा नं १ मा चार हजार ९१ मतदाता रहेका छन् ।
नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा अहिलेसम्म ६ सय ७ मत खसेको छ । त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा ३ सय १८ मत र जनज्योति मावि मतदान केन्द्रमा दुई सय ३५ सात गरेर ११ सय ६० मत खसेको निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत रिषीराम घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्