प्रधानसेनापतिद्वारा रथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा दर्जामा पदोन्नति हुनुभएका प्रदीप जङ्ग केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को यही मङ्सिर १० गतेको निर्णयबाट केसी रथीमा पदोन्नति हुनु भएको हो ।

पदोन्नतिसँगै उहाँलाई बलाध्यक्षमा नियुक्त गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्