लाखौँ दर्शनार्थीद्धारा गढीमाई मेलाको दर्शन
बारा । प्रत्येक पाँच वर्षमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा गढीमाई माताको दर्शन गर्ने दर्शनार्थीको घुइँचो दिनहुँ बढ्दो रहेको छ ।
महागढीमाई नगरपालिका अन्तरगत गढीमाई नगरपालिकाको वडा नम्बर १ बरियापुरमा मङ्सिर १ गते देखि ३० गते सम्म लाग्ने गढीमाई मेलामा अहिलेसम्म देश विदेशका लाखौँ दर्शनार्थीहरुले गढीमाई माताको दर्शन गरेको मन्दिरका मुख्य पुजारी मंगल चौधरीले जानकारी दिनुभयो ।
मङ्सिर महिनाको २३ गते मन्दिरका मुख्य पुजारीका परिवारजनबाट हुने पूजामा धामी झाक्रीहरुले तान्त्रिक विधिद्वारा पन्च बली चढाई अन्य भक्तजनहरूले ल्याएको पशु बली चढाउने कामको शुरुवात हुन्छ,मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।
मेलालाई व्यवस्थित बनाउन एवं सभ्य, भव्य रुपमा लगाउनका लागि महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादवको अध्यक्षतामा मुल समिति र अन्य उपसमितिहरू बनाएर विभिन्न प्रकारका खेल तमासा, नौटकी, सरकस, मौतको कुवा लगायतका व्यवस्था लरिएको मेला समितिका महासचिव बबिता जयसवाले जानकारी दिनुभयो ।
मेलामा कुनै प्रकारको प्रतिकुल असर नपरोस् भन्ने उद्देश्यका साथ नेपाल प्रहरीले १४ सय ६६ जना प्रहरी परिचालन गरि खुल्ला रुपमा मदिरा बिक्री वितरण गर्न नपाउने, ध्वनि प्रदर्शन हुनेगरि ठुलो स्वरमा डिजे बाजा बजाउन नपाउने , जुवातास, कौडा, खेल्न नपाउने, महिला प्रयोग गरि कुनै खेल तमासा गर्न नपाउने जस्ता कुराहरूनिषेध गरिएको प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
मेलामा आउने दर्शनार्थीहरुका लागि कृषि सम्बन्धी विभिन्न प्रकारका जानकारी गराउने अनि मङ्सिर १८ गते देखि २४ गते सम्म एक्सपो २०८१ के प्रदर्शनीको समेत गरिएको र १ सय ५० भन्दा बढी स्टल राख्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्