सडक चौडा पार्ने काम मुद्धाले प्रभावित, मुआब्जा लिए पनि निर्माण कार्यमा गतिरोध
डडेल्धुरा । डडेल्धुरा सदरमुकाम देखि उग्रतारा मन्दिर गेट भन्दा ५० मिटर अगाडी महाकाली राजमार्गको १५ मिटर दायाँ र बायाँ पर्ने क्षेत्रमा अधिकांश जग्गा तथा घर धनीहरूले मुआब्जा लिएका छन् ।
मुआब्जा लिएका जग्गा तथा घर धनीहरूको नाममा रहेको घर जग्गा महाकाली राजमार्गको नाममा दर्ता भएको छ । अमरगढी नगरपालिकाले दिनप्रतिदिन उक्त क्षेत्र खालि गरिरहेको छ । तर अमरगढी ५ तुफानडाँडामा रहेका केही घर तथा जग्गा धनीहरूले भने विभिन्न ठाउँमा मुद्दा दर्ता गराएकोमा सडक चौडा पार्ने काम प्रभावित हुन पुगेको अमरगढी नगरपालिकाका (नगरप्रवक्ता) एवं वडा नं १० का अध्यक्ष खेमराज भट्टले बत्ताउनु भयो ।
नगरप्रवक्ता भट्टले बागबजारको पिपल चौतारा देखि तुफानडाँडा सम्म महाकाली राजमार्गको नाममा रहेको जग्गा खालि गराएको बत्ताउनु भयो । उहाँले यो क्रम अमरगढी ८ मा रहेको उग्रतारा मन्दिर गेट भन्दा ५० मिटर सम्मको संरचना खालि गर्ने काम गरिरहेको भएपनि कतिपयको मुद्धाको पुर्णपाठ न आएकाले केही पर्खनुपर्ने बत्ताउनु भयो ।
अमरगढी नगरपालिका ५ तुफानडाँडामा रहेको कित्ता नं ५१०, ५११ र ५१२का जग्गा तथा घर धनीहरूले सडकको क्षेत्र कायम गरि बिच सेन्टरबाट दायाँ ,बायाँ बराबरी महाकाली राजमार्गको नाममा गरिनु पर्ने भन्दै उच्च अदालत कञ्चनपुरमा मुद्दा दर्ता भएको छ । घर तथा जग्गा धनी डम्बर बहादुर थापाले सडकको क्षेत्र २२ मिटर चौडा रहेकोमा उक्त सडक अधिग्रहण गरि घर बनाएकोमा सडक भएकै क्षेत्रलाई आधार बनाएर भत्काउन लाग्दा आफूले मुद्दा दिएको बत्ताउनुभयो ।
अमरगढी नगरपालिका वडा नं ५ बस्ने करन बोहरा, डम्बर बहादुर थापा र उत्तम बहादुर थापाले अमरगढी नगरपालिकाको कार्यालय तथा नगर प्रमुख,प्रमुख जिल्ला अधिकारी समेत जिल्ला प्रशासन कार्यालय , कार्यालय प्रमुख समेत सडक डिभिजन कार्यालय कुलपाते, कार्यालय प्रमुख समेत मालपोत कार्यालय,नापी कार्यालय र अमरगढी नगरपालिका वडा नं ५ का अध्यक्ष टङ्कबहादुर क्षेत्रीलाई विपक्षी बनाइ २०८० असार ७ मा उच्च अदालत दिपायल महेन्द्र नगर इजलासमा मुद्दा दर्ता गर्नुभएको छ ।
सो मुद्धाको पुर्णपाठ भने आउन बाँकी नै छ । उक्त क्षेत्रमा ७ बढी घर तथा जग्गा धनीले मुद्दा गरेका छन् । अमरगढी नगरपालिका ५का जग्गा तथा घर धनी भोजराज पाठकले पनि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको छ । सडकको एक तर्फी क्षेत्रमा पुरै प्रति जग्गा हुँदा हुँदै लालपुर्जा भएको जग्गा र त्यसमाथि बनेकाे साढे ४ तलाको घर भत्काउने भनेपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको पाठकले बत्ताउनुभयो । डेढ वर्ष देखिको मुद्धाको फैसला फागुन २० मा हुने पाठकले बत्ताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको मुख्य प्रवेश द्वारका रुपमा रहेको डडेल्धुरा सदरमुकाम क्षेत्रमा एकतर्फी सडक हुँदा यात्रु तथा पैदलयात्रुहरुलाई समेत समस्या भएकोले लालपुर्जा भएको जमिन र घर दुवैको मुआब्जा वितरणको काम भैसकेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बत्ताउनु भयो । अहिले उक्त क्षेत्र अमरगढी नगरपालिकाले खालि गर्न लागेकोमा अब यस पछि सडक विस्तारका लागि टेण्डर खोलिने प्रक्रियामा रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्