तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन सङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव: रूसी विदेशमन्त्री सर्गेइ

मस्को,रुस । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताउनु भएको छ ।  

लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया गजेटासँगको अन्तर्वार्तामा  भन्नु भयो “युद्धको मैदानमा हेर्दा, हामी अझै पनि सङ्कटको राजनीतिक र कूटनीतिक समाधानबाट टाढा छौँ । वासिङ्टन र यसका सहयोगीहरू रुसका लागि रणनीतिक पराजय हासिल गर्न दृढ छन् । ”

रूसी भूभागमा भएका पछिल्ला क्षेप्यास्त्र आक्रमणलाई “बढ्दो कदम“ का रूपमा वर्णन गर्दै उहाँले त्यस्ता कार्यहरूको प्रतिक्रिया दिने मस्कोको चेतावनीलाई बेवास्ता गरिएको बताउनु भएको छ ।  

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले “शत्रु पक्षको कुनै क्रियाकलापले रुसलाई  लक्ष्यहरू प्राप्त गर्नबाट पछि हट्न बाध्य नपार्ने बताउँदै आफु सधैँ शान्तिपूर्ण माध्यमबाट विवाद समाधान गर्ने पक्षमा रहेको  बताउनु भएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button