बाजुरामा परम्परागत पानी घट्ट लोप हुँदै
बाजुरा । बाजुरामा परम्परादेखि संञ्चालन हुँदै आएका ग्रामीण पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् ।
स्थानिय गाउँबस्ती विद्युतको पहुँचमा पुगेसँगै आधुनिक मिलको बढ्दो प्रयोग हुन थालेपछि ग्रामीण क्षेत्रका खोलामा संञ्चालन हुँदै आएका पानीघट्ट बिस्तारै लोप हुँदै गएका हुन् । गाउँमा आधुनिक विद्युतीय मिल संञ्चालन पश्चात् स्थानिय खोलामा चल्ने पानीघट्ट बिस्तारै लोप हुन थालेको बडिमालिका नगरपालिका वडा नम्बर ५ का स्थानिय गोभिन्द्र मिजारले बताउनुभयो ।
परम्परागत पानी घट्टमा मकै, गहुँ, कोदो, चामललगायतका खाद्यान्न पिसेर दैनिक गुजारा चलाउँदै आएका स्थानिय हाल महंगो मूल्य तिरेर आधुनिक मिल प्रयोगमा लाग्न थालेपछी घट्ट चलाएर जीविकोपार्जन गर्ने स्थानिय घट्ट ब्यबसायी मर्कामा परेका छन्।
परम्परागत घट्ट लोप हुंदा घट्ट व्यवसाय मात्र लोप नभएर परम्परागत संस्कार र संस्कृति समेत हराउँदै गएको घट्ट ब्यबसायीहरुको भनाइ छ।
बुढिनन्दा नगरपालिका वडा नम्बर ३ सिराडिका स्थानिय धनमल विकका अनुसार मिलमा पिसेको पिठोमा घट्टमा पिसेको पिठोको रोटि जस्तो स्वाद नहुने हुँदा घट्टको जगेर्ना गर्नुपर्ने आजको आवश्यकता हो । यतिखेर बाजुराका गाउँहरुमा परम्परागत घट्ट संगै धान कुट्ने ओखलहरु समेत आधुनिक मिलहरुका कारण लोप हुँदै गइरहेका छन्।
प्रतिक्रिया राख्नुहोस्