तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री निवासमा राखिएको शङ्कास्पद वस्तु निष्क्रिय

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।

गौरादह नगरपालिका–३ स्थित निवासमा आज बिहान शङ्कास्पद वस्तु भेटिएको थियो । तत्कालै नेपाली सेनाको टोली कार्की निवास पुगेको थियो ।

शङ्कास्पद वस्तुलाई अरिदमन गणबाट सह–सेनानी शैलेश मल्लको कमाण्डमा १/८ को नफ्री (BD टिमसहित) ले आज दिउँसो डिस्पोज गरेको हो । उक्त शङ्कास्पद वस्तुभित्र बालुवा, काँटीका टुक्राहरू भेटिएका थिए । विष्फोटक पदार्थ नभेटिएको र उक्त वस्तु होक्स रहेको ती नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button