बाजुराको कागती बजारीकरणका लागि काठमाडौँमा
बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर–३ मनिकाँडाका कृषकहरूको बारीमा उत्पादित कागती बजारीकरणका लागि काठमाडौँमा पुगेको छ।
जगन्नाथ गाउँपालिकाका विभिन्न वडा स्थित कृषकहरूको बारीमा यस वर्ष विगतको भन्दा अत्यधिक मात्रामा कागती उत्पादन भएपछि बजारीकरणका लागि काठमाडौँ सहित देशका अरू विभिन्न ठुला शहरहरुमा समेत विक्री वितरण भइरहेको छ ।
जिल्ला भित्रै कागती खपत गर्न बजार नपाइएपछि जगन्नाथका स्थानीय युवाहरूले गाउँबाट करिब ४० क्विन्टल कागती खरिद गरि काठमाडौँमा बिक्री वितरण गरिरहनुभएको छ ।
बाजुरामा उत्पादित अर्ग्यानिक कागती अहिले काठमाडौँको बुढानीलकण्ठ लगायतका ठाउँबाट बिक्री वितरण भइरहेको विक्री कार्यमा संलग्न युवा मनोजसिंह ठकुरीले बताउनुभयो।
कृषकको बारीबाट प्रति केजी ३५ का दरले खरिद गरिएको कागती ढुवानी सहित काठमाडौँमा प्रतिकेजी १ सय रुपैयाँका दरले विक्री वितरण भइरहेको छ।
यसअघि बजारीकरण हुन नपाइ बारीमै कुहिने कागती यसबर्ष देखि बारीबाटै खरिद भई बजारीकरणका लागि काठमाडौँ लगायतका शहरहरुमा ढुवानी हुँदा स्थानीय कृषकहरू पनि उत्साहित भएका छन्।
प्रतिक्रिया राख्नुहोस्