‘अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न ऐन ल्याउँछौँ’
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न र एकिकृत रुपमा सेवा प्रवाहको सहजताका लागि अपाङ्गता अधिकार ऐन निर्माण गरिने बताउनुभएको छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ लुम्बिनी प्रदेशले सोमवार मुख्यमन्त्री आचार्यसँग गरेको भेटमा मुख्यमन्त्री आचार्यले अपाङ्गता अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले ऐन जारी गर्ने र त्यसका लागि सरोकारवाला पक्षसँग समेत सहकार्य गरिने स्पष्ट पार्नुभयो । सामाजिक विकास मन्त्रालय मार्फत अपाङ्गता अधिकारसम्बन्धी अधिकार सुनिश्चितताका लागि ऐन अघि बढाइने उहाँले बताउनुभयो । भेटमा लुम्बिनी प्रदेशबाट अपाङ्गता अधिकार ऐन निर्माण गरी जारी गर्न मुख्यमन्त्री आचार्यलाई ध्यानाकर्षण गराइएको थियो ।
मुख्यमन्त्री आचार्यले अपाङ्गता भएका नागरिकको अधिकार र सवाललाई सम्बोधन गर्न प्रदेश सरकार गम्भीर रहेको, अपाङ्गता अधिकार र आवश्यक नीति निर्माण गरि आगामी प्रदेश अधिवेशनमा पेश गरि पास गरिने जानकारी दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्