मनाङ मर्स्याङ्दी र चर्च ब्वाइज युनाइटेड बीचको खेल बराबरीमा सम्पन्न
काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिग अन्तर्गत शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अङ्क दूरी घटाउने अवसरबाट चुकेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा चर्च ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि मनाङले दुई अङ्क गुमायो । जसले गर्दा मनाङ पुलिससँगको दूरी घटाउने अवसरबाट चुकेको हो ।
बराबरीसँगै मनाङ १० खेलमा १९ अङ्क जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको पुलिसभन्दा मनाङ चार अङ्कले पछाडि छ । आइतबार पुलिसले एनआरटी विरुद्ध ४–२ को हार बेहोरेको थियो । जारी लिगमा पुलिसको यो पहिलो हार हो । त्यसैले मनाङसँग अङ्क दूरी घटाउनले सुनौलो अवसर थियो ।
उता चर्च ब्वाइजले पनि पाँचौँ स्थानमा उक्लिने अवसर गुमायो । यस नतिजासँगै चर्च ब्वाइज १४ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया राख्नुहोस्