तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रधानमन्त्री देउवा दम्पतीद्वारा उग्रतारा देही जाँतको पूजा आराधना

डडेल्धुरा । नेपाली काँग्रेसका केन्द्रीय सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीले उग्रतारा देही जाँतमा पूजा आराधना गर्नुभएको छ ।

एक सातादेखि डडेल्धुरामा रहनुभएका देउवा र उनकी धर्मपत्नी संघीय सरकारका परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त रुपमा उग्रतारा मन्दिरमा पुजाआरधना गरि मेलाको अवलोकन गर्नुभएको हो । डडेल्धुरा जेसिस वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई सोही कार्यक्रममा मायाको चिनो दिएर स्वागत गर्नुभएको थियो ।

हरेक वर्ष शुक्ल पूर्णिमाका दिन लाग्ने देही जात उग्रतारा मेलामा सुदूरपश्चिम लगायतका भारतका विभिन्न सहरबाट समेत भक्तजनहरू आउने गर्दछन् । यो मेलामा दर्शनार्थीले मागेका र सोचेका कुरा पुरा हुने विश्वास गरिन्छ ।

धार्मिक आस्थाको धरोहरका रुपमा रहेको उग्रतारा मन्दिरमा हरेक वर्ष कार्तिक ३० गते रतेडी र मङ्सिर १ गते शनिवारका दिन दिउसेडी लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button