तपाईँ सुन्दै हुनुहुन्छः

जनतामा फैलाउन खोजिएको अराजकता र अस्थिरताको भ्रमलाई चिर्न जागरण सभा : एमाले 

काठमाडौँ । नेकपा एमालेले जनतामा फैलाउन खोजिएको अराजकता र अस्थिरताको भ्रमलाई चिर्न काठमाडाैँमा जागरण सभा गर्न लागेको जनाएको छ । 

एमालेको जागरण सभा आयोजक कमिटीले आज पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी समाजलाई दिग्भ्रमित बनाउन भइरहेको प्रयास गलत हो भन्ने स्थापित गर्न जागरण सभाको आयोजना गर्न लागेको जनाएको हो । 

पत्रकार सम्मेलनमा एमाले महासचिव शङ्कर पोखरेलले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट होइन आशावादी छन् भन्ने सन्देश दिनका लागि जनतामा जान लागेको बताउनुभयो । 

एमाले महासचिव पोखरेलले समाजमा अराजकता फैलाउने शक्तिका विरुद्ध जनतालाई जागरूक बनाउन जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सञ्चार जगतको समेत दायित्व हुने पनि बताउनुभयो ।

सञ्चारकर्मीको अर्को एक प्रश्नमा महासचिव पोखरेलले सरकारलाई काम गर्न सहज बनाउनका लागि सत्तारुढ दलहरूले संघ, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाएको र यसले सरकारको काममा कुनै हस्तक्षेप भने नगर्ने बताउनुभयो ।

नेकपा एमालेले मङ्सिर ७ काठमाडौँमा र्‍यालीसहित सभाको आयोजना गर्दैछ । 

एमालेको र्‍याली काठमाडौँको भद्रकालीबाट सुरु भई वीर अस्पताल, रत्नपार्क, बागबजार पुतलीसडक हुँदै भृकुटीमण्डप पुगेर सभामा परिणत हुने एमाले नेता एवं जागरण सभाका संयोजक डा.राजन भट्टराईले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button