तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको छिमेकी मुलुक चिन भ्रमण तयारी: परराष्ट्रमन्त्री राणा

धनगढी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले प्रधानमन्त्रीको छिमेकी मुलुक चिन भ्रमणको तयारी भइरहेको बताउनु भएको छ । आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्नुहुँदै मन्त्री राणाले सरकारले भ्रमणको तयारी तीव्र रुपमा अघि बढाएको बताउनु भएको हो । । 

प्रमुख दल काँग्रेस र एमालेबिच उच्च स्तरीय संयन्त्र गठन पछि सत्ता सञ्चालनमा सहजता भएको बताउनुभएको छ । मन्त्री राणाले अब तल्लो तहसम्म दुई दलको संयन्त्र निर्माण हुने र विशेष परिस्थितिमा सरकार गठन भएकाले सत्ता सञ्चालनमा सहजीकरणका लागि संयन्त्र निर्माण भएको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा परराष्ट्रमन्त्री राणाले गेटा मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढिरहेको बताउनु भयो । उहाँ धार्मिक  तथा सामाजिक कार्यक्रमका लागि आजै डडेल्धुरा जानू भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button