‘नारायणी क्रिकेट मैदानको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध’
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले वीरगन्जस्थित नारायणी क्रिकेट मैदानको संरक्षण र प्रवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नारायणी क्रिकेट मैदानको स्थलगत निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले वीरगञ्जको क्रिकेट मैदानबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको बताउनुभयो ।
उहाँले मैदानको संरक्षण र उचित प्रवर्द्धनका लागि प्रदेश सरकारले संघीय सरकारसँग समेत समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रदेश सरकारले क्रिकेट खेल मैदानका लागि केही बजेट बिनियोजन गरेको बताउँदै उहाँले नारायणी क्रिकेट मैदानको वर्षौँदेखि अल्झिएको मुआब्जाको विषय पनि आफ्नै पालामा समाधान गरिने बताउनुभयो ।

क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराउनुभएको थियो ।
भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष मनिष सिंहले मुआब्जाको विषयलाई टुङ्गो लगाउनका लागि पहल गरिदिन अनुरोध गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्