तपाईँ सुन्दै हुनुहुन्छः

गढीमाई पञ्च वर्षीय मेला नजिकिँदै: किसानहरूलाई बाली भित्र्याउन भ्याई नभ्याई

बारा । गढीमाई पंन्च वर्षीय मेलालाई लक्षित गरि बाराको बरियापुरका किसानहरूलाई धान बाली लगायत उखु भित्र्याउन भ्याई नभ्याई  भएको छ । 

मङ्सिर महिनाको १ गते देखि  करिब १ हजार बिगाहामा शुरु हुने मेलामा झन्डै  १ करोड भक्तजनहरू आउने अनुमान गरिएको बेला मेलालाई भव्य र सभ्य बनाउन गढीमाई मेला सञ्चालन तथा व्यवस्थापन मुल समिति, महागढीमाई नगरपालिका, गढीमाई ट्रस्टसहितको समितिले किसानहरूलाई बाली चाँडै भित्र्याउन सूचना जारी गरेपछि  आफूहरू धमाधम धान कटाई गर्नमा लागेको गढीमाई १  का किसान जितेन्द्र गुप्ताले  बताउनुभयो ।

आफ्नो घरपरिवारबाट धान काटन सम्भव नभएपछि खेताला लगाई धान काटिरहेको गुप्ताले भन्नुभयो । बरियापुर, मैनी भंसिया टोला, सेमरा तेगछिया, ईन्रर्वा, तेलकुवा, लगायतका गाउँका किसानहरुले खेतमा लगाएका बालीहरू काट्ने  कामलाई तीव्रता दिएका छन् ।  

मेलाप्रति सम्पुर्ण बरियापुर बासीको मान सम्मान सँगै प्रतिष्ठा समेत जोडिएको हुँदा निर्धारित समयमा नै खेतमा लगाएको बालीहरू काटी किसानले बाली थन्क्याएपछि मात्रै खाली खेतमा मेला लाग्ने हुँदा किसानहरू बाली भित्र्याउने चटारो परेको महागढीमाई नगरपालिकाका नगरप्रमुख तथा मेला मुल समितिका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो । 

मङ्सिर २३ गते तान्त्रिक विधिबाट दिप प्रज्वलन गरि गढीमाई मन्दिरको पूर्व पट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पंन्च बली दिएपछि  बलीको शुरुवात हुने गरेको गढीमाई मन्दिरका मुल पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो । 

मेलाको सम्पुर्ण तयारी अघि  बढिरहेको  जानकारी दिँदै मेला समितिका अध्यक्ष यादवले भारत बाहेक अन्य २० देखि २५ मुलुकका दर्शनार्थीहरुले समेत मेलामा भाग लिने जानकारी दिनुभयो  । 

दर्शनार्थीहरुका लागि बास, न्यान्योका लागि ठाउँ-ठाउँमा दाउरा बाल्ने, सडक निर्माण, २७ वटा घुम्ती शौचालय, १ हजार अस्थाई शौचालय निर्माण, बिजुली बत्तीको भरपुर व्यवस्था, शुद्ध खानेपानी, , भन्सारमा भारतीय गाडीहरूलाई सहज रुपमा  प्रवेश ,  महिला र पुरुषका लागि छुट्टा छुट्टै दर्शन गर्न लाइनको व्यवस्था सँगै हजारौँको सङ्ख्यामा स्वयं सेवक  परिचालन गर्ने मेला समितिका अध्यक्ष यादवले बताउनुभयो ।

मेलामा आउने भक्तजनहरूका लागि सुरक्षा भरपुर व्यवस्था मिलाएको बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिनुभयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button