तपाईँ सुन्दै हुनुहुन्छः

दिगो विकास तथा राष्ट्रिय सदाचार नीति र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु 

धनगढी । कैलालीको धनगढीमा दिगो विकास तथा राष्ट्रिय सदाचार नीति र सङ्कल्प प्रस्ताव सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम शुरु भएको छ ।

राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा राष्ट्रिय सदाचार नीति र सुशासन समितिद्वारा आयोजित उक्त कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नु भयो ।

राष्ट्रिय सभा सदस्य एवं समितिका सभापति कमला देवी पन्तको अध्यक्षतामा शुरु भएको अन्तरक्रिया कार्यक्रममा समितिका सदस्य एवं राष्ट्रिय सभा सदस्यहरु नारायणदत्त भट्ट, बिष्णु बहादुर विश्वकर्मा, शारदादेवी भट्ट, प्रदेश सभा सदस्यहरु, उच्च पदस्थ सरकारी कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । 

अन्तरक्रिया कार्यक्रम मार्फत सङ्कल्प प्रस्तावका सम्बन्धमा राय सुझाव सङ्कलन गरिने समितिका सचिव डा.रोजनाथ पाण्डेले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button