तपाईँ सुन्दै हुनुहुन्छः

जौं रोप्न खेत जोत्दै किसानहरू (फोटो फिचर)

मुगु ।  मुगु जिल्लाका किसानहरू परम्परागत र पोषिलो जहु (जौं) बालीको खेतीमा जुटिरहेका छन्। धान बाली भित्र्याएपछि किसान चैन जिउला लगायतका स्थानमा आफ्ना गोरुको सहयोगमा खेत जोतेर जौं रोप्ने तयारी गरिरहेका छन्।

जिल्लाका धेरै ठाउँमा जौं उत्पादन हुने भएकाले यस बालीको लोकप्रियता अझै बढेको छ। पोषणयुक्त र अति महत्वपूर्ण मानिने यो बालीको माग पनि दिनप्रतिदिन बढ्दैछ। जौं खरिदका लागि मानिसहरू गाउँमै पुग्ने र  रामो मूल्यमा जौं बिक्री हुने हुँदा  यस बाली उत्पादनले निरन्तरता पाउँदै आएको  कार्कीवाडाका कृषक तिलक बहादुर कार्कीले बताउनु भयो ।

गाई भैँसीलाई  दालोको रूपमा खुवाउँदा दूध प्रशस्त दिने र  सातुको रूपमा मानिसले  प्रयोग गर्दा शक्ति दिने अन्न भएकाले यसको माग बढ्दै गएको कार्कीको भनाई छ ।

मुगु जिल्लामा परम्परागत रूपमा लगाइँदै आएको जौंको खेतीले स्थानीय किसानहरूलाई आर्थिक उर्पाजनमा सहयोग गर्दै आएको छ। यस्तो पोषिलो अन्नको बजारमा माग बढ्दै जाँदा किसानहरू यसलाई संरक्षण गर्न र थप उत्पादन गर्न उत्प्रेरितसमेत भइरहेका छन्। मुगु जिल्लाका खतेड,  छायानाथरा, सोरू र कार्मारोङका केही  उच्च बस्तीहरूमा जौं खेती विशेष रूपबाट गरिँदै आएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button