विद्यालयको बसबाट खसेर घाइते भएका बालकको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा विद्यालयको बसबाट खसेर घाइते भएका बालकको मृत्यु भएको छ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो। उनी सोमवार कृष्णपुर नगरपालिका–२ स्थित डायमन्ड इङ्लिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भीर घाइते भएका थिए।
भारतको लखनउमा आज (मङ्गलवार) उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले बताउनुभयो । सोमवार साँझ विद्यार्थी लैजाने क्रममा कुँवर बसबाट खसेर भएका थिए।
बालकका आफन्तले चरम लापरवाही गरेको भन्दै विद्यालयप्रति आक्रोश पोखेका छन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारबाहीको माग अघि सारेका छन्। उक्त घटनाबारे कञ्चनपुर प्रहरीले छानबिन भइरहेको जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्