तपाईँ सुन्दै हुनुहुन्छः

साक्षीको अर्धशतकीय पारीले सप्तरी विजयी

सप्तरी । विराटनगरमा जारी पहिलो नेपाल हब महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा साक्षी यादवले अर्धशतकीय पारी खेलेपछि सप्तरी विजयी भएको छ ।

सोमवार विराटनगर स्थित ज्वाला क्रिकेट मैदानमा आयोजित फाइनल खेलमा सप्तरी महिला क्रिकेट टिम राजविराजले विराटनगर मोरङ महिला क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

मोरङले दिएको ९९ को लक्ष्य सप्तरीले १७ ओभर १ बलमा दुई विकेट गुमाएर जित हात पार्यो । जित दिलाउन सप्तरीका साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ५६ रन बनाएपछि जित सहज भएको हो ।

टस जितेर सप्तरीले मोरङलाई ब्याटिङ गर्न दिएपछि मोरङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९९ रनको योगफल खडा गरेको थियो ।

बलिङ तर्फ सप्तरीका सुस्मिता यादव २ विकेट, साक्षी यादव, अपेक्षा यादव र दिपा रामले १/१ विकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच सप्तरीका साक्षी यादव घोषित भएको टिम म्यानेजर शर्मिला यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button