तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल आयोजनाका लागि बाटो खुल्यो

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका लागि बाटो खुलेको छ ।

एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतबार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाऊ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो ।

एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै अख्तरले कात्तिक २३ गरे रिट दायर गरेका थिए । आइतबार न्यायाधीश हरि फुयाँलको एकल इजलासले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाफ माग गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपिएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।

क्यानले मङ्सिर १६ देखि पुस ६ गतेसम्म एनपिएल आयोजना गर्ने घोषणा गरेको थियो । विगतमा नेपाल प्रिमियर लिग नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए । एनपिएलका सहभागी ८ टोलीले खेलाडी अनुबन्ध गर्ने लगायत अन्य तयारी अघि बढाइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button