तपाईँ सुन्दै हुनुहुन्छः

चिकित्सक सङ्घमा डा नेपाल

चितवन । नेपाल चिकित्सक सङ्घ चितवन शाखाको अधिवेशनले डा उमेश नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा डा दीपेन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको हो ।

समितिको उपाध्यक्षमा डा नवराज लामिछाने, सहसचिवमा डा वसन्त शर्मा, कोषाध्यक्षमा डा विवेक कँडेल र सह–कोषाध्यक्षमा डा सञ्जय पौडेल सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकारी डा प्रकाश खतिवडाले जानकारी दिनुभयो । सचिव पदमा सर्वसम्मत हुन नसकेकाले नयाँ कार्यसमितिले आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

समितिको सदस्यहरूमा डा सुरेशकुमार दीप, डा कृष्णप्रसाद रेग्मी, डा पुष्पराज खनिया, डा सुन्दर गौतम र डा आविष्कार चापागाईं चयन हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button